साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

रेशम राज बोकटीका गजल

"मुटु  हुने युवाले, आफ्नै  माटोलाइ  सलाम गर्छ ।"

रेशम राज बोकटी

विचार गरौं जिन्दगीले कहाँ पुगेर आराम गर्छ ।
नजरले  हरदिन  तिमी फर्किने इन्तजाम गर्छ ।
स्वार्थी,पापी उहीँ हो,जस्ले बाहिर धुमधाम गर्छ ।
जिवनभरी पाप गरेर, जो अन्तमा राम राम गर्छ ।
प्रेमी केवल प्रेम गरिरहन्छ नजिक वा टाढा हुँदा,
धोका दिनेले त  केवल, बाहिरी तामझाम गर्छ ।
म यो सोचेर खुसी छु, यात्रामा फेरि भेट हुन्छ कि ?
सोचौं यो जीवन भन्नु,केही दिनलाई घुमघाम गर्छ ।
हामी कायर हौँ,जो खाँडिमा भबिस्य खोज्न आयौं,
मुटु  हुने युवाले, आफ्नै  माटोलाइ  सलाम गर्छ ।
तिमी पनि मेरो देशको सरकार जस्तै रहेछौ साथी,
आफै बुझ्नुस् खोक्रो गफगाफ बाहेक के काम गर्छ ।

आउन  त  आइरहन्छ  सम्झना  बारम्बार तिम्रो ।
भन  मलाई  के कस्तो  चलिरहेछ व्यापार तिम्रो ।
तिमिले नै भनेका हौ, पैसा मात्रै सबथोक हैन भनेर,
आज आफै मुग्लान जाने किन भयो बिचार तिम्रो ।
तिम्रो हर कुरामा खुसी हुन्छु भन्थ्यौ तिमिले निष्ठुरी,
म एक्का हुँ,पछि लाग्नेहरु होलान हजारौं हजार तिम्रो ।
दुखी गरिबी बिर्सेर मन्दिरमा सुनको जलहरी चढाएछौ,
अरे वाह ! दया लाग्छ कसरी चलिरहेछ  सरकार तिम्रो ।
तिमिले के सोचेर यसरी हेप्न सक्यौ मैले बुझ्न सकिन,
भोलि कर्मले बताउला,आज सहन्छु शब्द प्रहार तिम्रो।
मैले आफू भित्र आफैलाइ खोज्न सुरु गरिसकेको छु,
सुन्दा नराम्रो लाग्ला,बरु कहिले बाट हुन्छ सुरसार तिम्रो ।
प्रतिक्रिया
Loading...