

भयो उमेर अब हाम्रो सुरसार हुनुपर्छ
हाम्रो जोडी बस्ने सानो दरबार हुनुपर्छ।
थाहा छैन् कत्तिलाई त हाम्रो माया प्रेम
थाहा पाउने अखबार अब आधार हुनुपर्छ
हाम्रो जोडी राम्रो जोडी भन्छन् दुनियाँले
तिम्रो मेरो मायाको यो चमत्कार हुनुपर्छ ।
लेख्दै जाउ यो कहानी, जिन्दगीका पाना भरी
हाम्रो साथ हाम्रो माया सदा अपार हुनुपर्छ ।
लाग्न सक्छन् नजर हेर चोखो मायामाथि
नजर ति परास्त पार्ने जरुर हतियार हुनुपर्छ ।



