साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

गजल

Chovar Blues Mobile Size
युवराज भण्डारी

पिंढीमा बसेको देख्छु अनि भान्सामा देख्छु

भगवान सम्झ्यो कि झलझली आमा देख्छु।

 

टाढा गएका सन्तति सम्झी एक्ली आमाको

साँझ बिहान गहभरी आँसु आँखामा देख्छु।

 

आफ्नो भोकको कुनै फिक्री हुँदैन आमालाई

मैले खाए कि खाइन यही चिन्तामा देख्छु।

 

रोग लुकाई राख्छिन् आफ्नो केही पीर छैन

हरेक दिन मेरो आरोग्यको प्रार्थनामा देख्छु।

 

प्रेम र उत्सर्गका अनगिन्ती कथा लेखिन्छ

सर्वश्रेष्ठ त्याग म आमाको मायामा देख्छु।

 

डुम्रिबेसी, तनहुँ

हाल: मन्ट्रियल, क्यानडा

प्रतिक्रिया
Loading...