प्रवासी सुमन

सबै घट्दो छ;विदेसी लगानीको भाउ बढ्या छ
छुद्र भाषण गरेरै स्वाभिमानीको भाउ बढ्या छ

बजारले मार्क्स र प्लेटोलाई कुनामै धकेले पछि
यी चकलेटी मौसमी कहानीको भाउ बढ्या छ

फाइदा निम्ति जे गर्न पनि तयार यो दुनियांमा
चाकडी चाप्लुसी र सह्रानीको भाउ बढ्या छ

माया अनुभूति भन्दा प्रदर्शन धेरै भो कि कसो?
गलाभरि खोपिएका निशानीको भाउ बढ्या छ

पहरा भत्काउने नदी बगी रहेर पनि बेखबर छ
यदाकदा हावा पिट्ने तुफानीको भाउ बढ्या छ।

हाल: टेक्सस, अमेरिका