खोक्रो राष्ट्रवादको नारा चलिरहेछ आज,
देश अनायसै आफैँ भित्र जलिरहेछ आज।
राष्ट्रियताको चर्चा सर्वत्र गुन्जिरहेको बेला,
यो देश त अराजकतामा ढलिरहेछ आज।
नव-मार्ग सृजन गर्ने बेला हो यो प्रिय मित्र,
तर शक्ति मोहले यो देश गलिरहेछ आज।
राष्ट्रियता कर्ममा हुनुपर्छ ‘वाद’ चाहिन्छ र?
वादको तापले त केवल देश बलिरहेछ आज।
यहाँ मानवताले सजिए राष्ट्रियता के उदाउन्न र?
रगतले सिँचेको पीडाको फल फलिरहेछ आज।
(राजेन्द्र ओझा (नयन) एक कवि, दार्शनिक चिन्तक, स्वयंसेवी, एवं सामाजिक अन्वेषक हुन् । उनी सन् २०१७ मा स्विट्जरल्याण्डका लागि नागरिक राजदूत पनि रहिसकेका छन् ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला