डा. वीरेन्द्र केसी

फर्की आऊ नेपाल प्रवासका नेपाली
आफ्नै देश सिँगार्न सिकेको सीप सँगाली

जन्मेको यो ठाउँमा आउ रोपौँ पसिना
पोतौँ आफ्नै घर यो धमिलो सब पखाली

हिमालको पानीले अन्न बाली सिँचाँैला
हटाउँला अँध्यारो बाली दीप निकाली

न देखेरै तिमीलाई जान्छ कि सास घर्केर
भन्दै गर्छिन् बिलौना आमा आँशु खसाली