नसोध ती रमाइला बातहरु
अतितका ती सुनौला यादहरु
पलभरमै यताउता चहार्दै
सम्बन्ध जोड्ने प्यारा हातहरु
नसोध ती प्रेयसीका साथहरु
समाउँदै एकअर्काका हातहरु
आँखा आँखाको नजर भावसँगै
प्रेमिल रस रागका मातहरु
नसोध ती स्वप्नमय रातहरु
नसम्लिने कोसेलीका खातहरु
रसिक ओठका मिठा बातसँगै
तृप्त प्यासीझैँ मनका आँतहरु
नसोध ती बिछोडका यादहरु
तिमीले दिएका भिन्नै घातहरु
एकपछि अर्को गर्दै भुल्न खोज्दा
अश्रुधारा बन्दै बग्छन् ती यादहरु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला