साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल: फर्की आऊ

Chovar Blues Mobile Size
डा. वीरेन्द्र केसी

फर्की आऊ नेपाल प्रवासका नेपाली
आफ्नै देश सिँगार्न सिकेको सीप सँगाली

जन्मेको यो ठाउँमा आउ रोपौँ पसिना
पोतौँ आफ्नै घर यो धमिलो सब पखाली

हिमालको पानीले अन्नबाली सिँचौँला
हटाउला अँध्यारो बाली दीप निकाली

न देखेरै तिमीलाई जान्छ कि सास घर्केर
भन्दै गर्छिन् बिलौना आमा आँशु खसाली ।

दाङ
हालः न्युजिल्यान्ड

प्रतिक्रिया
Loading...