आएको हुँ यहाँ आफू रित्तिएर, तिम्रो त सबथोक छ
फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ

जब देशमा बलात्कार मौलायो, कानुनले छोरी मार्यो
आमा मरेकी हुन् झन तड्पिएर, तिम्रो त सबथोक छ

आकाशमा उडेको पंक्षी हेर्दै, यही सोच्दो हो मेरो मन
बन्दी भएँ कुवाभित्र जन्मिएर, तिम्रो त सबथोक छ

एउटा नेपाली तिमी भइदियौ, अर्को नेपाली म थिएँ
फरक भइयो सीमा कोरिदिएर, तिम्रो त सबथोक छ

बाँच्नु दुनियाँमा शिर उठाएर, बैरीको शिर झरोस्
नबाँच्नु देशसँग अलग्गिएर, तिम्रो त सबथोक छ

अल्बेरी, अष्ट्रेलिया