बल्झियो कि घाउ किनकिन रुन मन लाग्छ असाध्यै
सम्झियो कि आँसुले मुहार धुन मन लाग्छ असाध्यै
न सम्झिएर पाउने न बिर्सने सकिने अनौठो लीला
टाँगिएको भित्ताको तस्बिर छुन मन लाग्छ असाध्यै
गुमाएँ पहिले आमा अनि गुमाएँ बुबा पनि दुवै मैले
खोजेर कहाँ पाइन्छ उही जुन मन लाग्छ असाध्यै
आमाबुबा भएपछि स्वर्गवास पाइनँ भौतिक साथ
नसोध्नु आमा-बुबा रोज्न कुन मन लाग्छ असाध्यै
छैन पटक्कै विश्वास पुनर्जन्मको मलाई यो मनमा
भएमा यदि सन्तान हजुरकै हुन मनलाग्छ असाध्यै
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला