
इन्द्र भट्टराई
ती मान्छेहरु ढलेका थिए आफ्नै घमण्डले।
बेकारमा बदनामी बेहोर्नु पर्यो भूकम्पले ।।
मैले तिमीलाई खराब भनेर भन्नै पर्दैन
फोहोर आफैँ चिनिहाल्छ आफ्नै दुर्गन्धले ।।
जति सिंगारे नि अनुहार चाउरी परिहाल्छ
मान्छे जवान हुने हो उसको विचारले ।।
जसै सम्झिन्छु भुपु माया र देशका नेतालाई
तत्काल काम गर्न छोड्छ मेरो दिमागले ।।
बाँचुञ्जेल हृदय जलाए, मरेपछि देह
जलाउनबाहेक अरु जान्दैनन् र सन्तानले??
देउरी, उदयपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ चैत्र २०८२, सोमबार 








