छविलाल खड्का

पिंडालुलाई आलु भन्ने यी कस्ता होलान् !
खप्परलाई तालु भन्ने यी कस्ता होलान् !

रङ्गढङ्ग नपु-याई प्याच्च बोल्ने पैसा देख्दा
पूँजीगतलाई चालू भन्ने यी कस्ता होलान् !

जाती प्रजाति चिन्न छाडे सामन्तका अघि
काउचोलाई मालु भन्ने यी कस्ता होलान् !

पुर्खाले गोयल हाम्रो सगोत्री होइनन् भन्दा
ढेडुबाँदरलाई भालु भन्ने यी कस्ता होलान् !

स्तरै भुलेर लम्पसार हुने नेतृत्व छ हाम्रो
खुफियालाई ठालु भन्ने यी कस्ता होलान् !

कोहलपुर