
डा. वीरेन्द्र केसी
हार स्वीकार नगर्नेहरु खेल छोडी गए हुन्छ
जसले हारमा जित देख्छ उसको मात्र जय हुन्छ
सुखमा मात्र साथ हुने दुख पर्दा न देखिने
त्यस्ता साथी हुनु भन्दा म त भन्छु नभय हुन्छ
जुन घरमा शाशु बुहारि आमा छोरी जस्ता हुन्छन
त्यहि घरमा ईश्वर बस्छन त्यहि मंगलमय हुन्छ
बुढेसकालका बा—आमालाई बृद्घाश्रम जसले छोड्छ
उसको मनमा मर्ने बेला सायद ठुलो भय हुन्छ
स्वर्ग जान पाउ भनि जती मन्दिर धाय पनि
त्यो कुरा त तिमीले गर्ने सत्कर्मले तय हुन्छ
दाङ,
हालः न्युजिल्यान्ड



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
ज्येष्ठ १२, बिहीवार १८:०१