बाहिर बाहिर हाँसे पनि भित्र गाह्रो भएको छ
झन् सम्झियो झन् जिन्दगी अप्ठ्यारो भएको छ

गाउँ हेर्यो, सहर हेर्यो झिलिमिली जताततै
निष्पट्ट मेरो संसार अँध्यारो भएको छ

छिमेकीले महङ्गोमा दशैं किनी ल्याए अरे
आफूलाई नुन तेल पनि उधारो भएको छ

जीउ दुखेर मर्नु भा’छ आराम गर्छु भन्दाखेरि
साहुजीलाई मान्छेभन्दा काम प्यारो भएको छ

निम्छरोलाई नियतिले बाँच्नसम्म नदिने भो
गरिबी नै गरिबको हत्यारो भएको छ।

डेनमार्क