(१)

 

सुबास अधिकारी

हिजो साँझ तिमीसँग कोही थियो
शायद तिम्रो भविष्यको पोइ थियो

जति पिए पनि नलाग्दा थाहा पाएँ
जाँडको सट्टा अमिलो मोही थियो

सगरमाथाको टुप्पोबाट तिमी झर्दा
बेस क्याम्पमा बसेर मेरो रोइ थियो

मध्यरातको सपनामा प्रष्टसँग देखेँ
मेरो लाश उठाउँदा रुने गोही थियो

 

(२)

नमरुन्जेल बाँच्नुपर्ने जिन्दगीको दबाब छ
बाँच्दा हरेक दिन हरेक थोकको अभाव छ

मीठो खान वास्तवमा नपाए पनि पीर छैन
सपनामा प्रायः देखिने खसीको कवाफ छ

लोकतान्त्रिक नेपालको चालकलाई हेर्छु,
ठ्याक्कै शाहकालीन नेपालको रवाफ छ

सरकार ! रोजगार खै ? भनी प्रश्न गर्यो भने
“पासपोर्ट लिने लाइनमा बस् !” जवाफ छ