एकै नजरमा जादू चलायो
कसरी–कसरी मोहनी लगायो ।

यसरी पगाल्यो के कुरा गर्नु
हृदयभित्र पसी डेरा जमायो ।

नखरमाउली हेर खुबै जिस्केर
चलाएर मलाई उल्लु बनायो ।

थाम्नै सकिनँ उसको स्पर्शले
ए हजुर, मलाई भुतुक्कै गरायो ।

मबिना बाँच्न सक्तिनन् रे उनी
प्यारमा पागल कसैले बतायो ।