देशको माया छ छैन भनी नसोध साथी हो
बिर्सेर देश बाँचेको भन्दा मरेकै जाती हो
जहाँ म पुगुँ नेपाली हुँ म जान्दछु यो कुरा
आमा र बाबा जन्मेको देश शिर भन्दा माथि हो
भुलेको छैन भुल्ने नि छैन बाबाले भनेको
बाजेको आँगन बिर्सने नाती कुलकै घाती हो
आमाको हात समाई हिँड्न सिकेको भूगोल
सम्झदा पनि गर्भले फुल्छ छाती यो साथी हो ।
दाङ, हालः न्युजिल्यान्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
कार्तिक २०, सोमबार १५:०१