एउटा गुँडमा जोडी चरा बस्थे घरजम गरी
शिकारीले तीर हान्यो गोली थरीथरी
छातीमाथि गोली लाग्यो भुईंमा झर्यो चरो
चरी रुन्छे बच्चासँग गुडमा धरधरी
छट्पटिँदै घाइते चरो हेर्छ गुँडतिर
अनि हेर्छ शिकारीलाई दुवै आँखाभरि
आफैँसँग शिकार लिई शिकारी त गयो
रह्यो केवल गुँडमा भने नरोकिने झरी
मनमा चरो मुखमा चारो चरीको दिनचर्या
यसैगरी बिते दिन काला रात सरी
बच्चा हुर्के उडी गए चरी एक्लै गुँडमा
हेर्छे आकाश भन्छे म नि आउँछु चाँडै मरी
डा. वीरेन्द्र केसी
दाङ
हालः न्युजिल्यान्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला