डा. वीरेन्द्र केसी

थालेको यात्रा पुर्याई छोड्छौँ अन्तिमसम्म
बाटोमा पहाड आए ती फोड्छौं अन्तिमसम्म

कोसिस गर्दा पनि सिधा सफर सफल नभए
लक्ष्यमा पुग्न सफर नै मोड्छौँ अन्तिमसम्म

रिस गर्ने र खुट्टा तान्नेहरु कम छैनन् यहाँ
वैरीहरु सबका तगारो तोड्छौँ अन्तिमसम्म

सुरुमा जो जित्यो, आधा जितेर किन ऊ हार्यो
जित्नलाई हार्नुका कारण सब जोड्छौँ अन्तिमसम्म

जिन्दगीका हर परीक्षा बुझेर को-को विजेता बने
उनीझैँ जितेर इतिहास मोड्छौँ अन्तिमसम्म ।