उता मुना एक्लै यता मदन, बेहाल छ जिन्दगी
मुनाको यादले जल्दैछ बदन, बेहाल छ जिन्दगी
मध्य रातमा एकोहोरो सोचिरहन्छु एक्लै एक्लै
जलेको मन को गर्छ जतन, बेहाल छ जिन्दगी
सुनसान रातमा अङ्कमाल गर्दै अधरपान गरेको
सम्झेर त्यो क्षण पागल छ मन, बेहाल छ जिन्दगी
साउती मार्दै जिस्किदै हामीले गरेको त्यो प्रेमालाप
त्यै स्वर्णिम पल सम्झेर तन, बेहाल छ जिन्दगी
बढ्दैछ ढुकढुकी यो मुटुभित्र त्यो दिन सम्झेर
चढ्यो कि मेरो जवानी झन, बेहाल छ जिन्दगी
माडी गाउँपालिका ४, रिजाबाङ (रोल्पा)
प्रदेश-५
हाल: साउदी अरब



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 




