भरे सपनीमा आउँछौ थाहा छ
सुटुक्क पिरती लाउँछौ थाहा छ
लुकाएरै राख्छु मनको कुरा म
सुइको तिमीले पाउँछौ थाहा छ
हुनेछैन केही तिमीसँग गुनासो
याद बनेर सताउँछौ थाहा छ
गुनगुनाउँछु तिम्रो नाम आजभोलि
गीत तिमी मेरै गाउँछौ थाहा छ
शिखर चढुँ पनि अब छैन डर
लडेछु भने समाउँछौ थाहा छ ।
गुल्मी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 








