बगानको सुन्दर फुल आज झरेर गयो
जाँदा जाँदै सम्झनाको बिउ छरेर गयो

उन्माद बिस्मातको उही क्षितिजबाट
सुमधुर धुनमा प्रभुको शरण परेर गयो

अधूरो रह्यो कथा उजाडियो दुनियाँ
एक स्वप्नशील पानामा भरेर गयो

सन्नाटामा भाव-विह्वल मन्को कुनामा
झलमल साझाको दीप नि सरेर गयो

मायाँको दुनियाँलाई चटक्कै छाडेर
सुटुक्क विलिनताको पुल तरेर गयो

वाचा र बन्धनका डोरीको चाङमा
शून्यताका आँशूले नयनी भरेर गयो

याद स्‍मृतिहरू तथानाम सम्झना दिँदै
बिनाशर्त प्रभुको शरणमा परेर गयो

बगानको सुन्दर फूल आज झरेर गयो
जाँदा जाँदै सम्झनाको बिऊ छरेर गयो

मेलबेर्न, अस्ट्रेलिया