
यसरी जुत्ता कसी देश चल्दैन
यसरी मुक्का कसी देश चल्दैन
परिवर्तनका लागि दौडन पो पर्छ
यसरी बसी बसी देश चल्दैन
हाकिमहरू यस कारण मख्ख छन्
नचले रातो मसी देश चल्दैन
बाँझा खेतहरूमा हलो उभिनु पर्छ
भवनभित्र फाली धसी देश चल्दैन
कुर्सी समाइरहने नेता यही सोच्दा हुन्
जेसुकै होस् बिना असी देश चल्दैन।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
