
म मेरै रहरमा गजल घन्काउँछु
म मेरै शहरमा गजल घन्काउँछु
जहाँ हुन्छ मुटु, त्यहीँ फुल्छ गजल
म मेरै ठहरमा गजल घन्काउँछु
काफिया, रदिफ, मतला जे होस्
म मेरै बहरमा गजल घन्काउँछु
पानीको फोकामा, ओत बसिदैन
म मेरै लहरमा गजल घन्काउँछु
यो रात ढल्छ, छिट्टै बिहान हुन्छ
म मेरै पहरमा गजल घन्काउँछु ।
पोखरा म.न.पा.-२४, कास्की



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
