
यस्तै रै छ परदेशीको, जिन्दगी भन्नु नै
जाती रैछ स्वदेशमा, भिरपाखा खन्नु नै
दुःख पीडामा छटपटिएर, पनि बाँच्नै पर्ने
बाहिर हाँसे पनि भित्र, छ चुपचाप रुनु नै
न खोजे, न सोचे जस्तो, भयो जिन्दगी
पर्ने रैछ हर चोटहरू, चुपचाप सहनु नै
जिन्दगी रहेसम्म, दुःखसँग लड्नै पर्छ
रैछ आखिर सबै, नियतिको दास बन्नु नै
सोच्थे जीवन वसन्तमा, फुल्ने फूल बन्छ
पर्ने रैछ बाँचुञ्जेल, दुःखका दिन गन्नु नै
नसकिने रैछ जिन्दगीको, परिभाषा फेर्न
नियमै रैछ काँडा बनी, बिझाइरहनु नै ।
चितवन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
