गोधूलिमा शृङ्गार गरी कता हिँडेकी नि !
नफर्किने विचार गरी कता हिँडेकी नि !

भन्थ्यौ तिमी कतै जान्न मलाई छोडेर
आज यति हतार गरी कता हिँडेकी नि !

ह्रदय मै बास बस्न दिन्छु भन्दा भन्दै
यो मुटु मै प्रहार गरी कता हिँडेकी नि !

जात अनि धर्मले कहाँ छेक्छ माया ?
जञ्जीरको प्रचार गरी कता हिँडेकी नि !

जसले सधैं घृणाको इनाम दिई रह्यो
त्यही चिनो स्वीकार गरी कता हिँडेकी नि !

वागमती ११,
कर्मैया, सर्लाही