दरारहरू बन्द गर घाउ आफैँ भरिने छ
भूकम्प आए जीवनमा, यस्तै गरी मरिने छ
अरुलाई खसाउन जति खाडल खन्छौ तिमी
पाइला सार्दा होस गर, कतै आफैँ परिने छ
लोभ गर ज्ञानको, बढ्छ त्यति जति खोज्छौ
बाड्दैँ जाऊ अरूलाई भण्डार आफैँ भरिने छ
रिसराग द्वेषलाई किन रोप्छौ मन भित्र
खुसी भई खोल आँखा हाँसो त्यसै छरिने छ
दुई दिनको जीवनमा किन मन कुँड्याउनु
सत्यलाई साथ देऊ बैतर्नी नै तरिने छ ।
बस्टन, अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० पुष २०८२, बुधबार 









