
सन्तोष हरदम मगर
घाँटी नरेट्ने खुकुरीको, धार बनाएको हुँ
अब म कसरी भनूँ, संसार बनाएको हुँ
आमा सोझो औंलाले घिउ नआएपछि
अब म सोझो नबन्ने, विचार बनाएको हुँ
बाहुन पुग्ने इनारमा दलित अवरोध छ
छोटे सार्की भन्छ त्यो, इनार बनाएको हुँ
म सत्यनिष्ठ बन्नाले सबैको दुश्मनी बने
र त अहिले तस्करको, बजार बनाएको हुँ
मेरो देशमा बेरोजगारीले रुवाइरहेको छ
अगुवा भन्नुहुन्छ देश, रोजगार बनाएको हुँ
फगाम, रोल्पा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
