परदेशमा एक्लै तिमी कसरी खै बस्न सक्छौ ?
हाँसो ठट्टा गर्दागर्दै अर्कैसँग फस्न सक्छौ
नरम मीठो बोली वचन सबैसँग मिल्ने बानी
थाहै नदिई कोही अरुको मुटुभित्र पस्न सक्छौ
जवानीले मस्त मस्त ठिटीहरू देख्यौ भने
मलाई जस्तो चिप्लो तिमी अरूलाई नि घस्न सक्छौ
जमाना नै यस्तो छ म के गरेर विश्वास गरूँ ?
लहसिएर अर्कैसँग भोलि मलाई डस्न सक्छौ
जान्ने बुझ्ने आफैँ नै छौ मैले अरु के सम्झाऊँ ?
होश नगरे समाजको नजरमा खस्न सक्छौ ।
तिलोत्तमा न. पा.-२, रुपन्देही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला