उनी दिलमा तिमी हर फेरिने सास हुन्छ्यौ
नजीर बन्छ माया पक्कै याद खास हुन्छ्यौ ।
बगरमा छु नदीले किनार नपाउन पनि सक्छ
वारिपारि डुलाउने नजर जीवन साहस हुन्छ्यौ ।
पागलै भन्छ आजकल देख्ने जो कोहि पनि
खुला छ विकल्प जुवाको खालमा तास हुन्छ्यौ ।
समयको चक्र हो जिन्दगी चर्खा घुम्दै अघि बढ्छ
भए मनकी रानी नत्र सिरानीभित्र कपास हुन्छ्यौ ।
भन्नेले के भन्छ उसको धारणा उसले पुष्ट्याउला
आहाराको खोजी जुन मेरो पहिलो गाँस हुन्छ्यौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला