धड्कन चलिरहेछ मन गलिरहेछ यहाँ,
आफ्नै भाग्य आफैंलाई छलिरहेछ यहाँ !
केही चाहत रहर जरुरतको अभावले,
हृदयमा ज्वाला दनदनी बलिरहेछ यहाँ !
पुग्न सकिन्छ सकिन्न क्षितिज गन्तव्यको,
मनका रहरहरु मनभित्र मरिरहेछ यहाँ !
चुँडिए धेरै कोपिला सपना जिन्दगीका,
फुल्न नपाउदै ‘चाहना’ झरिरहेछ यहाँ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला