यात्रामा हो दिल खोलेर रमाउन कोशिस गर्ने
गन्तव्यमा पुगेर चित्त बुझाउन कोशिस गर्ने

आमासँग सिकेको, जिन्दगीले सिकाएको
हाँसो देखाउने, आशुँ लुकाउन कोशिस गर्ने

एउटा समाज छ हामीलाई सँगै हुन नदिने
अर्को यो भाग्य छ, छुटाउन कोशिस गर्ने

झारा टार्नलाई कसैले सिकोस् तिमीसँग
मेरो बानी छ सम्बन्ध निभाउन कोशिस गर्ने

अन्तिम पटक अवसर दिएको छ जिन्दगीले
अबको समय आँफैलाई बचाउन कोशिस गर्ने ।

चितवन, नेपाल
हाल: टेक्सास, अमेरिका