खै किन हो कुन्नि आजकल, घरमा हर लाग्दैन
फुत्के बाहिरै जान मन, आफ्नै घर, घर लाग्दैन
कफी पसलमा साथीभाईसँग गफ गर्न पाएपछि
उस्तैपरे सारा दिन उतै बित्छ, फर्किन कर लाग्दैन
चालिस कटेपछि माया, बडो अनौठो हुँदो रहेछ
बुढेसकालको यो जवानी, आफैलाई भर लाग्दैन
नानाभाँती के के मिस्सियो, ज़िन्दगी खाटी रहेन
पानी मिसाएपछि दुधमा त, गतिलो तर लाग्दैन
गाली गरून् साम्मुख्यमा, काटुन् कुरा पिठ्युँ पछि
साच्चै कुरो! उमेर ढल्केपछि, कसैको डर लाग्दैन!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला