मलाई एक्लै, पारेर के गर्छौ
चोखो माया, मारेर के गर्छौ
लक्ष्य उपाधि जित्नु थियो
मेरो लागि, हारेर के गर्छौ
लाजले रातो देखिन्छौँ भो
अनुहार बिगारेर के गर्छौ
जीवनभर बाँच्नु छँदै छ
एक छाक टारेर के गर्छौ
जिउँदो हुँदा, बुझेनौ माया
बर्बर आँसु, झारेर के गर्छौ ।
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला