नमर्ने एउटा तिम्रो याद छ अरू त सब मरेर गए
नझर्ने एउटा त्यो फूल छ अरू त सब झरेर गए ।।

बिहानीको प्रहरमा उदाएको सूर्यको त्यो किरण
निदरीमा लुटिएको सपना छ अरु त सब हरेर गए ।

आँसुका ढिका झर्छन् बर्खा यामको झरी जसरी
नतरिने एउटा जङ्घार छ अरू त सब तरेर गए ।।

सुवास बिनाको फूलबारी भएछ स्वर्गीय संसार
सुगन्धमा पनि अत्तर नाई अरु त सब छरेर गए ।।

काखैमा राखेको सिरानी पनि भुँवा सरी उडेर
नमेटिने सम्झना छ एउटा अरु त सब सरेर गए ।।