हात्तीको भारी, बोकाले बोक्न सक्दैन मालिक
त्यो निदाएको समयमा खोक्न सक्दैन मालिक

भुसुना सम्झिदिनुस्, आँखाबाट भागेर जान्छ
आखाँको आँशु, कसैले रोक्न सक्दैन मालिक

मायाको घर बसाउन एकअर्का तयार छैनन्
घरको भित्तामा काँटी ठोक्न सक्दैन मालिक

प्रेमको पाठ पढेर, धोकाको उत्तर दिनेसँग
त्यो प्रेमीको नाम समेत घोक्न सक्दैन मालिक

मूल्य अचाक्ली भो, बजारमा किनिसाध्य छैन
उत्पादकले मूल्य समेत तोक्न सक्दैन मालिक।

तनहुँ