एकै नजर के परेथ्यो परे म त अलमल
औसिको यो रातमा पनि जूनकीरीझैँ झलमल
बीचमा रातो जेब्रा क्रसिङ वारिपारि थियौं हामी
फुत्तै बाटो काटौँ जस्तो भएको थे चलमल
जब हरियो बत्तीसँगै यात्रुहरू लाइन लागे
चलेनन् यी पाइलाहरू भै त हालेँ ढलमल
पारिबाट तिमी आयौ वारिबाट म नि हिँडेँ
चारपाइलोमै किन होला ? असिनपसिन खलमल
हतारिएको दुई यात्रीको सडक बीचको जम्काभेट
अमिट छाप बनी बस्दा सम्झना भो पलपल ।
सिन्धुली
हालः निशिकावागुची,साइतामा, जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला