बन्चरोले पनि घुँडो ताक्दो रैछ कहिलेकाहीँ
नखाएको बिष पनि लाग्दो रैछ कहिलेकाहीँ

जून ठानेँ, जून मानेँ, जून सँगै दाँजिरहेँ
जूनलाई कुहिरोले ढाक्दो रैछ कहिलेकाहीँ

सहेकै हुँ, सहेकै छु, सहिदिन्थेँ अझै पनि
सहनुले पनि सीमा नाघ्दो रैछ कहिलेकाहीँ

देखे पनि देखेकोलाई सत्य मान्नु कसो गरी
बाहिर बेग्लै भित्र बेग्लै पाक्दो रैछ कहिलेकाहीँ

लैजा भन्छु लैजाँदैन, किन होला नलगेको ?
आर्यघाटले पनि आराम माग्दो रैछ कहिलेकाहीँ ।

(कोपन्हेगन, डेनमार्क)