त्यो शक्ति छैन अब नगर कुरो फुटानीको
बूढो भयौ तिमी अब नगर कुरो जवानीको

अझै कति लडिरहने लडाइँ स्वार्थी लोभमा?
आफ्नो हैन शरीर,नासो रहेछ यो खरानीको

बगायौ रगत-पसिना,चुहायौ आँसु पनि बेसरी
मेटाइदिनू नाता आँसुले भिजेको निसानीको

अझै कति सम्झन्छौ छोडी जाने निठुरीलाई?
बिर्सिदिनू सम्झना सबै त्यो अधूरो कहानीको

गरिरहनू है परोपकार आफू पिरलोमा परे पनि
धर्म गरी छाप छोडिदिनू मिठो जिन्दगानीको ।

डाउहिल, खरसाङ, भारत