बी एस नीरव

जनआवाज कसले सुन्छ तिम्रो सरकारमा
यौटै राजनेता कुन छ तिम्रो सरकारमा

मुटु थिची मार्यौ सत्य न्याय गला रेटी
लाग्छ ध्वंसवादी खुन छ तिम्रो सरकारमा

जनताबाट रैती भयौँ अरे ! गणतन्त्र
भन्द्यौ कुनचैँ राम्रो गुन छ तिम्रो सरकारमा

मानवताको धज्जी उड्यो धर्म धमिलियो
सत्ताभत्ता मात्रै धुन छ तिम्रो सरकारमा

चोर चौतारी साधु शूली चढाउने कूनीति
पक्कै विदेशी का नुन छ तिम्रो सरकारमा ।

फलेवास – ७, पर्वत