चोरलाई होइन साधुलाई जरिवाना रहेछ
गरीबको जिन्दगी दुःखको कारखाना रहेछ

बडो गज्जबले रमिता हेरिरहे सिकारीको
हेर्नुस्, आखिर मैतिर उसको निसाना रहेछ

चिना हेराउँदा वैभव अनि सुखको योग देखे
वास्तविकतामा हैन त्यो योग चिनामा रहेछ

एकतामा बल हुँदो रहेछ भकुर्नुसम्म भकुरे
एक्लै नहिँड्नु सामूहिक हिँड्ने जमाना रहेछ

चानचुने ढुङ्गा भन्दै कुल्चिदै हिँडियो वर्षौंसम्म
बुझ्दै जाँदा त्यो पत्थर बहुमूल्य खजाना रहेछ ।

सिगास -२, बैतडी