माया अनि ममताको, आभास तिमी बनेका छौ
हौसला र आँट दिने, खास तिमी बनेका छौ

मन जित्यौ उसै दिन, जुन दिन देखें तिम्लाई
धर्मराउँदा पाइला मेरा, साहस तिमी बनेका छौ

तारिफमै हराउँछु, शब्द कमी होलान् बरु
तनको करिव मन मुटुकै, पास तिमी बनेका छौ

जीवन सरल, सहज भा’छ, तिम्रै साथ र काखमा‌ प्यारा
हरपल् हरदिन मैले फेर्ने, सास तिमी बनेका छौ

विश्वास मात्र कहाँ हो र ? सम्मान उस्तै भावनाको
वर्तमान र भविष्यको, आश तिमी बनेका छौ ।