कसैको याद किन अन्तर ह्रदयको पानामा हुन्छ
नजर मेरो एक उनको खै दुई चार जानामा हुन्छ ।।

एकोहोरिएको रै छु म प्रेमिल मायाको तृष्णामा
निश्चल माया झूटको खेती उनको चाहानामा हुन्छ ।।

बजारमा बिकाउने तुलोमा जोखाउने माया पनि
हाम्रो विश्वासमा हैन अरु कसैको सरहानामा हुन्छ ।।

सोच्छु डोली अनि सिउँदो सजाउने उनी भन्छिन्
अटल प्यार पनि हाम्रो सायद कुनै जमानामा हुन्छ ।।

मायाको उचाई पनि गहिराई हेरी मापन गर्नु पर्ने हो
पराईका हात उनको मायाको शिखर छानामा हुन्छ ।।