फेरि आज रच्न मन लाग्यो, गजल तिम्रो नाउँमा
गरिदिएको छु यो छाती सदा, अटल तिम्रो नाउँमा

आतुर मन, शून्य मस्तिष्क के छ र ती यौवनमा
अहो ! मधुर मादकताको, हलचल तिम्रो नाउँमा

सम्झनाका मझेँरी माझ, शान्त बसेको त्यो तस्बिर
सम्झनामै टोलाउने आँखा, पलपल तिम्रो नाउँमा

नदेऊ याद प्रिय, बयान नगरुँ तिम्रो यौवन रुपको
हुनेछ शुरु फेरि बजार, चहलपहल तिम्रो नाउँमा

भक्तपुर