उज्यालो देखेर रहर गर्दा रात होला
आँखा चिम्लेर भर पर्दा घात होला
होस गुम्दा धोका दिनेले कहर फिजाई
जहर दिएर शहरमा अमृतको बात होला
मान्छेहरूको भिड्मा पनि त्यही मान्छे देख्ने
खोई के पिलायो कुन्नी केको मात होला
मेरो खुट्टाको चोटैचोट देखेर खुसी हुने
बाटोभरि सिसा छर्ने उसैको हात होला
उन्मादमा फुल्दै गरेको यौवनलाई सम्हाल्न नसक्ने
पश्चातापमा तड्पिने त्यही मान्छेको जात होला ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला