जीवन बग्नु पर्छ भन्छन्, ताल जस्तो रोकी नबस्नु साथी
हिँड्नु बनेर छाल छहरा, उद्यमबिना रमी नबस्नु साथी ।

सहजै कहाँ के पो मिल्छ र, नफोर्दै पहरा निमेष नरोकिनु
बग्नु नदीझैँ निरन्तर, पुगे नी सागर थाकी नबस्नु साथी ।

छुनु नै छ जून यदि भने, बरफ नबन्नू बन्नु बाफजस्तो
उडनु क्षितिज पारी निरन्तर, शित बनेर जमी नबस्नु साथी ।

विज बिष भित्रै भए पनि, नहारी पिउनु बिष हाँसी हाँसी
मानव हौ सचेत जगमै, जीवन असफल पारी नबस्नु साथी ।

 

(गीतकार, संगीतकार, गायक गोपाल योञ्जनमा समर्पित)

 

दाङ, हालः न्युजिल्यान्ड