
आजसम्म पालिरा’को रहर तिम्रो लागि
सज्जनहरूले बास बस्ने शहर तिम्रो लागि
जतिखेरै आइरहने मेरा तिनै सपनीमा
अमृत जस्तै बिहानीका पहर तिम्रो लागि
तिम्लाई मात्र खोजिराख्ने यिनै नयनमा
उछालिएका समुद्रका लहर तिम्रो लागि
नजिक आई मुस्कुराउने आँटै नहुँदा नि
स्नेहले भरिएका बहर तिम्रो लागि
विराटनगर ८, मोरङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
