मेरी उनी मसँग रिसाएकी छिन् अचेल
मुस्कान छर्ने ओठ पनि ठुस्स भा’छ अचेल

मीठो स्वर कता कता फुङ्ग उडे जस्तो
जून जस्तो मुहार पनि हुस्स भा’छ अचेल
नखराको सीमा किन बढी भए जस्तो
मृगनयनी मेरी उनी फुस्स भा’छ अचेल

कोमलताको सिन्दुर किन पुछिए जस्तै जस्तै
हिँड्ने उनको चाल पनि सुस्स भा’छ अचेल
मौनताको बाँध पनि पत्थर जस्तै जस्तै
कोकिल उनको बोली किन लुस्स भा’छ अचेल

मेरी उनी मसँग रिसाएकी छिन् अचेल
राम्रो संसार किन किन फुस्स भा’छ अचेल ।