मुठी माना पाथी माया मुरी बन्न सक्छ
आँट्छौ त आँटे एकै घरधुरी बन्न सक्छ

माया थप्दा चुलिएर हिमाल भन्दा अग्लो
तिमी साहस म तिम्रो चुरिफुरी बन्न सक्छ

पाँच सात सालमा घरमा शान्ति भङ्ग हुँदा
बाबा दाइले भुताल्यो ऊजुरी बन्न सक्छ

एक्लोपनले थिचेर मेरो मुटु निसास्सिदा
तिम्रो माया मेरो मनको हुरी बन्न सक्छ

समयमै सोचविचार र हिम्मत गरौँ झट्टै
अबेर गर्दागर्दै पहर निष्ठुरी बन्न सक्छ ।