लौ उठाऊ यो प्याला अनि पो मजा हुन्छ
दिलमा नलगाऊ ताला अनि पो मजा हुन्छ !
कहिले ठुस्केर बस्छौ कहिले उदास हुन्छौ
पहिले सच्याऊ चाला अनि पो मजा हुन्छ !
औंठी त लगाई दियौ अरु बाँकी नै छ
अब पहिर्याऊ माला अनि पो मजा हुन्छ !
शिकार खेल्न कति हतार गर्छौ यार
पहिले उध्याऊ भाला अनि पो मजा हुन्छ !
वागमती ११, कर्मैया, सर्लाही



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 








